पाल्पामा छोराको चिर्पट प्रहारबाट बुबाको मृत्यु

काठमाडौँ । पाल्पामा छोराले चिर्पट प्रहार गरी बुबाको हत्या गरेको छ । माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा तिलबहादुर दिशा मगरलाई दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको हो ।

घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका हुन् ।

आइतबार बिहान भएको घटनापछि प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ । १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।