चौबिस घण्टामा ३६ को मृत्यु्

काठमाडौँ । पाकिस्तानमा भारी वर्षापछिको बाढी र वर्षासँग सम्बन्धित घटनाको कारण गएको २४ घण्टामा ३६ जनाको मृत्यु भएको छ । सो घटनमा मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन एनडिएमएका अधिकारीले जानकारी दिएका छन् ।

पाकिस्तानको पूर्वीभागमा रहेको पञ्जाव प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले मङ्गलबार साँझमा प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । यस प्रकोपमा परी १ हजार ९ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले थप जानकारी दिएका छन् ।

यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै १ हजार ९ सय १९ जनाको घाइते भएका एनडिएमए जानकारी दिएको छ । त्यसपछि दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा प्रान्त रहेको यहाँ ९ जनाको मृत्यु भएको  छ । वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ । 

एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल ४ लाख ६२ हजार २ सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन् । यस प्रकोपको कारण ३ करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका बताएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको छ ।