धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । नुवाकोटको तादी गाउँपालिका ५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले भदौ ५ गते बिहान धारिलो हतियार हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएको थियो । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खरानिटारबाट खटिएको प्रहरीले धारिलो हतियार प्रहार गर्ने शम्भुलाई हसियाँ सहित पक्राउ गरेको थियो ।

हतियार प्रहारबाट गम्भिर घाइते दुर्गालाई उपचारका लागि खरानिटार अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो ।