नियन्त्रित लागूऔषध सहित एक पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ९७ ट्याब्लेट, डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल सहित एका जनालाई पक्राउ गरेको छ ।
लागुऔसध सहित पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका ५ बस्ने २६ वर्षीय प्रगास यादव रहेका छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८०८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।