नागरिकता विधेयक पारित गर्नु हुँदैन, राष्ट्रपतिको अपमान हुन्छ : बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदमा प्रस्तुत भएको नागरिकता विधेयक हुबहु पारित गर्न नहुने बताएका छन् । गौतमले राष्ट्रिय सभामा बोल्दै नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन नहुने बताएका छन् ।

गौतमले भने, ‘यदि हामीले यो विधेयक जस्ताको त्यस्तै पारित गरियो भने राष्ट्रपतिको अपमान हुन्छ । विधायन समितिमा विधेयक त गयो राष्ट्रपतिले सन्देशमा उठाएका हरेक बुँदाको जवाफ समितिले दिने अपेक्षा गरेको थिएँ । तर, त्यसो पाएन । ’

उनले राष्ट्रपतिले सुझाएको कुराहरु ग्रहणयोग्य रहेको भन्दै विधेयक सम्बन्धमा पुर्नविचार गर्नुपर्ने बताए । राष्ट्रियसभाले सो विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको बताए । तर विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेको उनले गुनासो गरेका थिए ।