यःसि (इन्द्रध्वज) काठमाडौं भित्र्याइयो

काठमाडौँ । आज बिहान ७ः२४ बजे काभ्रेको नाला बाट ल्याइएको यःसि (इन्द्रध्वज) नगर भित्र्याइएको छ । भदौ १३ गते सोमबार बिहान ९ः१७ बजे को साइतमा वनयात्रा गरी बेलुकी ८ः०९ बजेको साइतमा यःसिः (इन्द्रध्वजा) का लागि वृक्ष कटन गरिएको थियो ।

नालाबाट भोटाहिटी ल्याइ पुर्‍याएको यःसिः असन, इन्द्रचोक हुदैं हनुमान ढोका दरबार क्षेत्र पुर्‍याइएको हो । विशेषतः इन्द्रजात्राको लागि ल्याइएको यःसि यही भाद्र २२ गते बिहान ७ः१७ बजे को साइतमा इन्द्रध्वाउत्थान (उठाउने) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा शुभारम्भ हुनेछ ।

इन्द्रजात्रा भरि ठडिने यःसि (इन्द्रध्वज) भाद्र २९ गते बेलुका ७ः३३ बजे इन्द्रध्वज पतन अर्थात् यःसिः ढालिने छ । यो सँगै इन्द्रजात्रा समापन हुनेछ ।