नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा

काठमाडौँ । आाजको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता पहिलो संशोधन विधेयक० २०७९ प्रस्तुत भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकले सो विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बैठकलाई जानकारी गराएका हुन् । राष्ट्रियसभाले सो विधेयकमा कुनै संशोधन नगरी पारित गरेको थियो ।