लागू औषध खैरो हेरोईनसहित ८ पक्राउ

काठमाडौं । अवैध लागू औषध खैरो हेरोईनसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४०.५ ग्राम खैरो हेरोईनसहित ३ जना र २४७ ग्राम खैरो हेरोईनसहित ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौंको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पा, ललितपुर भैसिपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोहि स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन्। उनीहरुलाइ लागू औषध खैरो हेरोईनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिएका हुन् । उनीहरुलाई लागू औषध बिक्रि गर्ने झापाका अप्सरा राजबंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचिनगरबाट डिजिटल तराजुका साथै नगद रु १० लाख ४० हजार सहित पक्राउ गरिएको खनालले बताए।

अवैध लागू औषध २ सय ५२ एम्पुलसहित चार जनालाई बिभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए। व्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको बताएको छm ।