नेप्से परिसूचकमा २.१३ अङ्कको गिरावट

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.१३ अङ्कले ओरालो लागेर १ हजार ९ सय ३७.७४ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अङ्कले ओरालो लागेर ३ सय ७६ दशमलब ८४ मा सीमित भएको छ ।

कूल २ सय २७ कम्पनीको ३४ लाख १ हजार ६ सय ९२ कित्ता शेयर १ अर्ब ४ करोड ४३ लाख ७९ हजार ६ सय मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका १३ उपसमूह मध्ये आज ७ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

नेप्सेका अनुसार बैंकिङ ४.० छ, व्यापार १७ दशमलब ५९, उत्पादन १३, अन्य १८ दशमलब ८५, लघुवित्त १.५५, जीवन बीमा २४.८२, नागरिक लगानी कोष ०.१३ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त ४.४९, मल्टीप्रपोज फाइनान्स कम्पनी ४.०९, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलब ९७, छ्याङदी हाइड्रोपावर ३.९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन् । यस्तै,सामुदायिक लघुवित्त ६.४९, अप्पर हेवाखोला ५.५६, प्राइम बैंकको ऋणपत्र ४.६०, एनएमबी हाइब्रिड फण्ड १३.६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.७५ प्रतिशतले गुमाएका छन् ।