अझै भएन मधेश प्रदेशका जिल्ला साक्षर

काठमाडौं । सरकारले देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणासहित सुरु गरेको साक्षरता कार्यक्रम अन्तर्गत मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा हुन सकेको छैन । नेपालले बिहीबार ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको छ ।

सरकारले २०६५/६६ सालमा दुई वर्षभित्र देशलाई साक्षर बनाउने घोषणासहित १४ वर्ष अगाडि साक्षरता कार्यक्रम सुरु गरेको थियो । तर, अहिले सम्मपनि मधेश प्रदेशका कुनै पनि पालिका साक्षर घोषणा हुन सकेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार अझै देशभरका १ सय ७६ पालिका र १५ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । जसमध्ये मधेश प्रदेशमा धेरै पालिका साक्षर हुन बाँकी रहेको देखिन्छ । मधेश प्रदेशमा १ सय ३६ पालिका साक्षर घोषणा हुन बाँकी छन् ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला भएको मधेश प्रदेश हालसम्म पनि कुनै जिल्ला साक्षर घोषणा हुन सकेको छैन ।