कात्तिक ४ मा छक्कापञ्जा ४’ रिलिज गर्ने तयारी

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ४’लाई आगामी तिहार छेकोमा रिलिज गर्ने तयारी भएको छ । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले कात्तिक ४ गते फिल्मलाई रिलिज गर्ने तयारी भइरहेको बताएका छन् ।

‘अहिलेसम्म ५० प्रतिशत सम्भावना कात्तिक ४ गते भन्ने हो । हामीले त्यसपछिको मितिमा पनि सम्भावना हेरिरहेका छौं,’ गिरीले भने, ‘चाँडै यसबारे निधो दिनेछौं ।’

‘छक्कापञ्जा’लाई तिहारमै ल्याउनुपर्ने दबाब समेत छ किनभने त्यसपछिको उपयुक्त मिति वैशाख वा अर्को दशैंमा हुन सक्छ । जसको कारण पनि कात्तिक ४ मै फिल्म आउन सक्ने संकेत रहेको देखिन्छ । हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’मा दीपकसहित दीपाश्री निरौला, केदारप्रसाद घिमिरे, बेनिशा हमाल र मलिना जोशीको प्रमुख भूमिका रहेको छ ।