दशैँ गीत ‘आउन पाइन सम्झेर नरुनु’ सार्वजनिक

काठमाडौं । गायक रेशम थापा नारायण र गायिका आशा लामाको स्वरमा लोक दोहोरी गीत आउन पाइन सम्झेर नरुनुु सार्वजनिक भएको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, उनको धर्मपत्नी पूजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गरेका हुन् ।