एन आई सी एशिया बैंकद्धारा ग्राहक पहिचानको लागी Video KYC  सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने Video KYC  सेवा ल्याएको छ ।

बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरुले Video Call को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको वेबसाइट www.nicasiabank.com मार्फत online बाट खाता खोल्दा ग्राहकहरुलाई KYC विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ ।

ग्राहकले आफ्नो KYC आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग video call उक्त call मार्फत KYC विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ । V-KYC मार्फत आफ्नो KYC जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालयमा सम्पर्क गरि Video Call मार्फत आफ्नो KYC विवरण बैंकलाई उपलब्ध गराउन सकिने सुविधा ल्याएको छ ।

ग्राहकहरुले V-KYC को लागि Cal गर्दा आफ्नो परिचय खुल्ने कुनै एक परिचय पत्र (नागरिकता/ पासपोर्ट/ ड्राइभिङ लाइसेन्स/ ख्यतभच Voter Card) तथा सेतो कागज र कालो/ निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात Video Cal मार्फत देखाउनु पर्ने हुन्छ ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेका अनुसार Video KYC मार्फत KYC विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । V-KYC मार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले ग्राहकहरुलाई अनुरोध गरेको छ ।