ललितपुरमा श्रीमानद्धारा श्रीमतीको हत्या

काठमाडौं । ललितपुरमा श्रीमानले आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको छ । दोलखा जिल्ला भिमेश्वर नगरपालिका ९ घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका ३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको हो । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।

लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।