दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा २ हजार ५ सय छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

भाद्र २९ देखि आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजारसम्मको छुट हुनेछ, भने क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५ सयसम्मको छुट पाउने छ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत एवं एपमार्फत सजिलै आफ्नो कार्डमा ई–कमर्श बाट अनलाईन किनमेल गर्न सकिनेछ ।

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।