काठमाडौं महानगरपालिकाद्धारा मह जोडी सम्मानित

काठमाडौँ । काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफएम ९४.६ मेगाहर्जले आफ्नो २३ औँ स्थापना दिवस मनाएको छ ।

महानगररपालिकाले आफूले गरेका सम्पूर्ण गतिविधि एव जनसरोकारका विषयलाई ममहानगरबासीसम्म पु¥याउने उदेश्यले २०५६ साल असोज १ गते स्थापना गरेको मेट्रो एफएमले कार्यशाला गोष्ठीका साथै चर्चित कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार नगरद सहित सम्मान गर्दै २३ औं बार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरपालिकाको आफ्नै रेडियो भएकाले महानगरपालिकाका सम्पूर्ण गतिविधि तथा सूचना रेडियो मार्फत सम्प्रेषण गरी आम महानगरबासीहरुलाई महानगर सम्बन्धी सूचना प्रवाह गर्न सहज भएको बताए ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एफएमले महानगरपालिकाको हरेक गतिविधिलाई पहिलो प्राथमिकता दिएर सम्प्रेषण गर्नुपर्ने बताइन् । उनीले जुन उद्देश्यले एफएम स्थापना भएको हो सोही अनुरुप समय सान्दर्भीक भएर अघि बढ्न समेत शुभकामना दिइन् ।

कार्यक्रममा महानगरपालिका प्रवक्ता एवम् सूचना प्रविधि विभागका संयोजक सदस्य नविन मानन्धरले एमएफले विगतका कामलाई मूल्यांकन गरी महानगरपालिकाका सम्पूर्ण गतिविधिहरुलाई समेटि सन्देशमूलक कार्यक्रम प्रसारण गर्दै अगाडि बढ्न सुझाव दिए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विकासका लागि मिडिया आवश्यक भएको भन्दै महानगरपालिकाले विकास सम्बन्धी बनाएका योजनालाई लक्षित वर्गसम्म पु¥याई विकासमा सहयोग गर्न एफएमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय सरकारले पनि मिडिया चलाउन सक्छ भन्ने दृष्टिकोणबाट एफएमलाई विकास गरी महानगरपालिकाको हस्तक्षेप बिना अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा महानगरबाट सम्मानित व्यक्तित चर्चित कलाकारद्धय मदन कृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले पछिल्लो समय महागरपालिकाले गरेका कार्यको प्रशसा गदै नगरपालिकाका जनप्रतिनिधिहरुलाई सहयोग गर्न राजनीतिक तथा नागरिकहरुलाई आग्रह गरे । महानगरपालिकाको सूचना तथा प्रविधि विभागका प्रमुख नमराज ढकालले एफएम स्थापनाको इतिहास बारे उल्लेख गदैै एफएमलाई समय सापेक्षक रुपमा परिस्कृत गर्दै थपव्यवस्थित ढंगले सञ्चालन गर्ने योजना महानगरपालिकाको रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक घमराज लुइँटेल मेट्रो एफएमको २३ वर्षको इतिहास प्रस्तुत गर्दै सबल तथा दुर्बल पक्ष केलाउनुकासाथ साथै आगामी दिनका कसरी नगर पत्रकारिता गर्ने भन्ने विषयमा प्रस्तुतीकरण दिए । यस्तै, एफएम सञ्चालनमा आएको लामो समय भएपनि ठोस नीति नियम नबनेकाले एफएम व्यवस्थित ढंगले सञ्चालित हुन नपाएको उनको धारणा छ । यसैगरी, काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. सुधान्सु ढकालले पत्रकारिता गर्ने तरिकामा परिवर्तन आएपनि समाचार लेखनको तत्व र मूल्यमा भने परिवर्तन नआएको गुनासो गरे । उनले अबका दिनमा रेडियोलाई पनि डिजिटल प्लाटफर्मसँग जोडिदै अघि बढ्नुपर्नेअवस्था सृजना भएको जानकारी गराए ।

काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापितको परिकल्पना र पहलमा वि.सं.२०५६ सालमा मेट्रो एफएमको स्थापना भएको थियो । हाल ९४ बिन्दु ६ मेगाहर्जमा सुन्न सकिने यो एफ.एम. सुरुवाती समयमा १०६ बिन्दु ७ मेगाहर्जको फ्रिक्वयन्सीमा सुन्न सकिन्थ्यो । एफएमले समावेशी समाज निर्माणका लागि नेपाली, नेपालभाषा , मैथिली, तामाङ, मगर, लिम्बु, लगायतका भाषामा कार्यक्रम तथा समाचारहरु प्रसारण गर्दै आइरहेको छ ।

लक्ष्मी श्रेष्ठ