दशै तिहार, महोत्सव : भाटभटेनी, सेल्सबेरी, बिगमार्ट र साथीमार्टमा सामान खरिद गर्दा २०% छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ पर्वको पावन अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ ।

बैंकले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २०% क्यासब्याक तथा छुट प्राप्त हुने व्यावस्था गरेको छ । आश्विन १ देखि कात्र्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS भुक्तानी गर्दा बैंकको तर्फबाट १०% वा ५ सय सम्म छुट प्राप्त गर्न सकिने छ ।

त्यसैगरी सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS तथा मोबाइल बैंकिङ्ग NIC ASIA MoBank मार्फत QR भुक्तानी गर्दा १०% वा ३ सय सम्म छुट तथा क्यासब्याज उपलब्ध हुनेछ । बैंकमा खाता नभएका ग्राहकहरूले पनि भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्ने छन् ।

बैंकका प्रमुख सूचना अधिकार सुधिर नाथ पाण्डेका अनुसार विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं QR भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ । किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई सजिलो गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं -NIC ASIA MoBank प्रयोगकर्ताहरूले त्तच् भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सकिने व्यावस्था गरेको छ ।

एनआईसी एशिया बैंकले देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।