वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । भक्तपुर निवासी ७८ वर्षीय गौतमको उपचारका क्रममा आज ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीका अनुसार गौतमलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि बीएण्डबी अस्पताल भर्ना गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकार्यबहाक अध्यक्ष तथा सम्पादक समाजका पूर्वअध्यक्षसमेत रहेएका गौतमको श्रीमती र दुई छोरा छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका सदस्य गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।