नेप्सेमा ३३.९७ अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३३.९७ अङ्कले ओरालो लागेर १ हजार ८ सय ७६.४१ अङ्कमा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.०४ अङ्कले ओरालो लागेको छ । कूल २ सय २९ कम्पनीको ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ मा कारोबार भएको छ ।

साताको पहिलो दिनको कारोबारमा १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २१ करोड ३८ लाख ४४ हजार १ सय ८२ बराबरको कारोबार गरेको छ ।

नेप्सेका अनुसार ग्लोबल आइएमई समुन्नति स्कीम १५.३५, नेपाल ल्यूब आयल ४, लक्षमी बैंक ३.६६, आर्दश लघुवित्त १.९७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले १.९७ प्रतिशतले कमाएका छन् ।

बलेफी हाइड्रोपावर ७.८५, राप्ती हाइड्रो ७.३०, दोर्दी खोला जलविद्युत् कम्पनी ७.२३, माउण्टेन हाइड्रो नेपाल ६.५८ र युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए ।