हत्या गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ । इलामको चुलाचुली गाउँपालिका ५ पुकुवामा झापा दमक नगरपालिका ३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा तीन जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका ४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

झ्याम्ले समेतका ५ र ७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएको खबर पाए लगातै प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उपचारको लागि लाईफलाईन अस्पताल दमक हुँदै बी एण्ड सी अस्पताल बिर्तामोड लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनामा संलग्न रही हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।