जुवातास खेलिरहेको अवस्थामा बलराम सहित ७ पक्राउ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ६५ वर्षीय बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बलराम सहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले नगद ६४ हजार ८ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।