बुर्किना फासोमा आक्रमण हुँदा ११ सैनिकको मृत्यु, ५० सर्वसाधारण बेपत्ता

काठमाडौँ । उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जानकारी गराएको छ ।

जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।

आक्रमणमा ११ सैनिकको मृत्यु भएको छ । भने २० सैनिकसहित २८ जना घाइते भएका छन् । करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा भनीएको छ ।

बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरुमा ११ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ ।