फर्निचर उद्योगमा लागेको आगो नियन्त्रणमा, ३० लाखको क्षति

काठमाडौं । नागार्जुन नगरपालिकाको रानीवनस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ। फर्निचर उद्योगमा ५ वटा ग्याँस सिलिन्डर विस्फोट हुँदा आगलागी भएको प्रहरीले बताएको छ।

जुद्धवारुण यन्त्रको दमकल सहित नेपाली सेनाको दमकल र अन्य पानी ट्याङकरको प्रयोग गरी आगो नियन्त्रण गरीएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजु र स्वयम्भूबाट क्विक रेस्पोन्स टिम परिचालन गरी आगलागी नियन्त्रणको प्रयास गरिएको हो।


आगलागी स्थलमा १ सय ५० जना सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भएको थियो।

आगलागीबाट एएलजी फर्निचरको दराज, सोफासेट र अन्य तयारी फर्निचर गरि २५ लाख रुपैयाँ बराबरको सामाग्रीको क्षति भएको प्रहरीले जानकारी दिएको छ। यस्तै, आगलागीका कारण उद्योगसँगै रहेको जितेन्द्र लामाको घरमा पनि क्षति पुगेको छ। सो घरमा करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ।