सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको बताए । । ‘सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन । हिजो कोभिड १९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ।’

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाए ।

उनले भने,ु डेंगुको विषयमा सरकार गम्भीर भएन ।चाडबाडको बेलामा संक्रमण रोक्न केही भूमिका खेल्न सकेन । अब तुरून्त स्थानीय सरकार, प्रदेश र संघीय सरकारसहितको आपतकालिन बैठक बोलाउनुपर्यो ।

उने भने डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन । यो सरकारले जसरी काम गर्नुपर्ने थियो, त्यसरी काम गर्न सकेन । यसमा मेरो ठूलो असन्तुष्टि छ । मैले प्रधानमन्त्रीलाई भेटेर पटक(पटक भनेको छु योबेलामा सरकारको जिम्मेवारी हो, जनताको जीउधनको रक्षा गर्ने ।

सरकारको काम‍ चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगी कसरी हटाउने भनेर काम गर्नुपर्ने बताए । ‘डेंगी नियन्त्रण यो चाडबाडको बेला बढ्छ, भन्दै सरकारले काम गर्नुपर्छ‚’ उनको भनाइ छ ।

कोभिड १९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगी नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए ।