कांग्रेस गठवन्धनको बालुवाटारमा बैठक, गगन थापा नजिकैको नेपाल हाउसमा

काठमाडौं । आसन्न मंसिर ४ गतेको आम निर्वाचनका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत सरकारमा सामेल गठवन्धन दलहरुको प्रधानमन्त्री निवास बालुवाटार निवासमा वैठक चलिरहेको छ । गठवन्धनले आजै निर्वाचनका लागि उम्मेदवार र क्षेत्र समेत भागबण्डामा टुङ्गो लगाउने गरी अगाडि बढेको छ ।

गठवन्धन दलका उच्च पदाधिकारीहरु वैठकमा बसिरहँदा पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापा बालुवाटार नजिकै रहेको नेपाल हाउसमा भेटिएका छन् ।

निर्वाचनका लागि टिकटको दावेदार गरिरहेको नेताहरुसँग गगनले नेपाल हाउसमा बसेर छलफल गरिरहेका छन् । आन्तरिक किचलोमा रहेको नेपाली कांग्रेस भित्र गठवन्धन दलहरुलाई के कति सिट दिने र कहाँ कहाँ छाड्ने भन्ने विषयमा चर्को वहश नभएको पनि होइन । तर यतिखेर नेपाली कांग्रेस कार्यकर्ताहरु भने कुनै पनि हालतमा रुख चिन्ह बाहेक अन्य चुनाव चिन्हमा मत नहाल्ने भन्दै नेताहरुलाई दवाव दिईरहेका छन् ।

कार्यकर्ताहरुको यो दवावले पनि कांग्रेसलाई उम्मेदवार भागबण्डामा निकै तनाव भने देखिएको छ । यही तनाव कम गराउने उदेश्यले पनि गगन थापा प्रधानमन्त्री निवासमा चलिरहेको वैठक छाडेर नेपाल हाउसतिर छलफलमा जुटेका छन् । उनी बालुवाटारको वैठकमा सामेल हुँदै नेपाल हाउसको छलफल समेत भ्याईरका छन् ।