काठमाडौं क्षेत्र नं ३ मा कृष्ण राई र सन्तोष चालिसेलाई ठक्कर दिँदै दिनेश खनाल

काठमाडौं । नेपाल चीन मामिला सम्वन्धि विज्ञका रुपमा रहेका एवं सामाजिक अभियन्ता तथा भ्रष्टाचार विरोधी अभियानका जुझारु युवा दिनेश खनालले काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छ् ।

स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सक्रिय रहेका खनाल काठमाडौ क्षेत्र नं. ३ का स्थानीयबासी हुन् । काठमाडौ महानगरपालिका वडा न. ६ मा जन्मिएका खनालले सो क्षेत्रमा हुने गरेका सामाजिक कार्यमा आफूलाई निकै नै सक्रिय तुल्याईरहेका थिए ।

स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर जिताउने अभियानका रुपमा बालेन्द्र साहका पक्षमा सक्रिय खनाल यतिखेर आफै प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा उभिएका छन् ।

मुलुकले युवा र स्वतन्त्र व्यक्तिलाई नै निर्वाचित गराउने अभियान थालनी गरिरहेका बेला खनाल जस्ता स्वतन्त्र व्यक्ति मतदाताहरुको नजरमा पर्नु अति नै आवश्यक छ ।