जीवनभर कांग्रेस बनेका ज्योति मंसिर ४ का लागि स्वतन्त्र उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले आसन्न मंसिर ४ गतेको निर्वाचनमा उम्मेदवारहरुका लागि जथाभावी रुपमा टिकक उपलब्ध गराएको भन्दै धेरै कांग्रेसका नेताहरु रुष्ट बनेका छन् । रुष्ट भएका देशभरका कांग्रेसका नेताहरु यतिखेर स्वतन्त्र उम्मदवारका लागि मनोनयन दर्ता गराएको देखिन्छ ।

विगत स्थानीय तहको निर्वाचनमा पनि यस्तै बागी बन्दै स्वतन्त्र उम्मेदवार दिनेहरुको सख्या पनि कम थिएन कांग्रेसमा । अहिले त गठवन्धनका नाममा पार्टी सभापति देउवाको चाहना अनुरुप टिकट दिए पछि कांग्रेस छाडेर स्वतन्त्र बन्नेहरु धेरै देखिएका छन् । यसै सन्दर्भमा काठमाडौं क्षेत्र नं ३ मा श्रीकृष्ण ज्योतिले आफ्नो उम्मेवदारी मनोनयन गर्दा गराएका छन् ।

२०४६ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका ज्योतीलाई पार्टी पटक पटक धोका दिएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । कृष्णप्रसाद भट्टराईसँग बाबु जेल परेसँगै प्रजातान्त्रिक आन्दोलनमा श्रीकृष्ण होमिएका थिए । तीन दशक भन्दा बढी समय नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा रमाउँदै आएका ज्योति अहिले भने त्यही कांगे्रससँग चित्त दुखाउँदै स्वतन्त्र भएर उम्मेदवारी मनोनयन गर्दा गराएका छन् ।

काठमाडौं । नेपाल चीन मामिला सम्वन्धि विज्ञका रुपमा रहेका एवं सामाजिक अभियन्ता तथा भ्रष्टाचार विरोधी अभियानका जुझारु युवा दिनेश खनालले काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छ ।

स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा सक्रिय रहेका खनाल काठमाडौ क्षेत्र नं. ३ का स्थानीयबासी हुन् । काठमाडौ महानगरपालिका वडा न. ६ मा जन्मिएका खनालले सो क्षेत्रमा हुने गरेका सामाजिक कार्यमा आफूलाई निकै नै सक्रिय तुल्याईरहेका थिए ।

स्थानीय तहको निर्वाचनका काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर जिताउने अभियानका रुपमा बालेन्द्र साहका पक्षमा सक्रिय खनाल यतिखेर आफै प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रुपमा उभिएका छन् ।

मुलुकले युवा र स्वतन्त्र व्यक्तिलाई नै निर्वाचित गराउने अभियान थालनी गरिरहेका बेला खनाल जस्ता स्वतन्त्र व्यक्ति मतदाताहरुको नजरमा पर्नु अति नै आवश्यक छ । क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट कृष्ण राई तथा गठवन्धनका तर्फबाट कांग्रेसका सन्तोष चालिसेले उम्मेदवारी दिएका छन् । यी दुवैलाई दिनेशको टक्कर पनेै देखिएको छ ।