अवैध लागूऔषध सहित चार पक्राउ

काठमाडौँ । अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भई मित्रनगर बस्ने १८ वर्षीय किशोर लगायत ४ जना रहेका छन् ।

काठमाडौं महानगरपालिका १७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट उनीहरुलाई नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।