भक्तपुरमा ११ वर्षीया बालिका बलात्कृत

काठमाडौँ । भक्तपुरमा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भई हालः काठमाडौं बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनार रहेका छन् । उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमाबाट पक्राउ गरेको हो।

नुवाकोट बेलकोटगढी नगरपालिका १३ घर भई हाल सूर्यविनायक नगरपालिका २ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरी प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।