सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड ऋण तिर्‍यो

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापत ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ ऋण तिरेको छ ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकामा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ रकम बुझाएको छ ।

सो सनगमले नागरिक लगानी कोषको हकमा बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ किस्ता वापतको रकम भुक्तानी गरिएको निगमले जानकारी गराएको छ।