२० लाख नगदसहित दुई पक्राउ

काठमाडौँ । स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्ता रहेका छन् ।

निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले बुधबार स्रोत नखुलेको रु २० लाख नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

सवारीसाधन जाँच गर्ने क्रममा कामदले चलाएको प्र–०१–०२–०४६प ५६३१ नंको मोटरसाइकल पछाडि सवार गुप्ताले बोकेको कालो रङको झोलाभित्र स्रोत नखुलेको नेपाली नोट २० लाख बरामद भएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।