सुन प्रतितोला ९३ हजार १ सय

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सयमा कारोबर भएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार २ सयमा कारोबार भएको थियो । सुन आज प्रतितोला १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५० ले घटेर १ हजार १ सय ७० मा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।