सौराहाको मोटरसाइकल ग्यारेजमा आगलागी

काठमाडौँ । चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका(१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ स् ५० मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ग्यारेजमा लागेको आगो भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलले बिहान ६ बजे नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट नयाँ पुराना गरी ३२ वटा मोटरसाइकल जलेर नष्ट भएको छ । नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ ।