बुलिङटारमा बस दुर्घटना ५ को मृत्यु , २५ घाइते

काठमडौँ । पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना अन्य २५ जना घाइते भएका छन् ।

मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा ३ जना महिला र २ जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।

बस बिहान ४ बजे भएको दुर्घटना भएको हो । घाइतेहरूलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।