बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी

काठमाडौँ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ । बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो । लामिछाने असोज २० देखि प्रहरी हिरासतमा छन् । लामिछानेविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

एक नाबालिगाले काठमाडौंको गौशालाको एक होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।