मोरङमा छठ हेर्न गएका बालकको छुरा प्रहार गरेरी हत्या

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका एक बालकको हत्या भएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको हो।

छुरा प्रहार गरेर दियुसको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठको बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको कोइरालाले बताए। छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुसमाथि आइतबार राति १०स्२५ बजेतिर छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुर्‍याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको बताए ।

एसपी कोइरालाका अनुसार दियुसमाथि छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ। उर्लाबारीकै हाटखोला बस्ने तत्काल नाम, थर र वतन नखुलेका च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ।