एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

पार्टी अध्यक्ष माधव कुमार नेपाल चुनावी सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र रौतहट गएकाले पार्टीका पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।