बालकको हत्या गरेको आरोपमा ५ किशोर पक्राउ

काठमाडौँ । मोरङको उर्लाबारीमा छुरा प्रहार गरेर बालकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जना किशोरलाई पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका(७ मावा खोलामा छठ हेर्न पुगेका बेला झापाको दमक नगरपालिका (१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपीे दीपक श्रेष्ठले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । प्रवक्ता डीएसपीका अनुसार पक्राउ परेका सबै १८ वर्ष मुनिका रहेका छन्।

५ जना किशोर मिलेर आइतबार राति १० स्२५ बजेतिर दियुसलाई छुरा प्रहार गरेको श्रेष्ठले बताए। उनका अनुसार बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा सोमबार बिहान ४स्५० बजेतिर मृत्यु भएको हो।

घटनापछि पाँचै जना नै फरार बनेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित उनीहरूलाई उर्लाबारीबाटै पक्राउ गरेको हो।

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ। पुरानो रिसिबीकै कारण दियुसको हत्या भएको प्रहरीले जानकारी दिएको छ।