तनहुँमा १० वर्षीया बालिका बलात्कृत

काठमाडौँ । तनहुँमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । ति बालिलाई जबरजस्ती करणी गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका ८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

थापाले स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।