राष्ट्रपतिद्वारा मुक्तिनाथ मन्दिर परिसरमा भगवान बुद्ध र विष्णुको मूर्ति शिलान्यास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गरेकी छन् ।

बिहीबार मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति र भगवान् विष्णुको मूर्ति अनावरणका सिलसिलामा राष्ट्रपति मुक्तिनाथ पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका १ सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

त्यस्तै, राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जानकनरी दिएको छ ।