बाल यौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका ८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।