भिक्टोरिया तालमा विमान दुर्घटना, १५ को सकुशल उद्धार

काठमाडौँ । तान्जानियाको भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटना भएको छ । उक्त दुर्घटनाबाट १५ सकुशल उद्धार गरेको छ ।

बुकोबा शहरमा भएको विमानस्थलमा विमान अवतरण गर्न लाग्दा सो तालमा दुर्घटना भएको हो ।‘प्रेसिसन एयर फ्ल्याट’को विमानमा कति जना यात्रु सवार थिए र मानवीय क्षतिबारे थाहा नभएको तान्जानिया ब्रोडकाष्टिङ कर्पोरेसनले जानकारी दिएको छ ।

तान्जानियाको राजधानी ‘दार ए सलाम’बाट सो विमान त्यसतर्फ उडेको थियो । मुसलधारे पानी र हुरीबतासका कारण सो दुर्घटना भएको बताइएको छ ।

तान्जानियाको सबैभन्दा ठूलो निजी विमान कम्पनी ‘प्रेसिशन एयर फ्ल्याट’को फ्लाइट नम्बर पीडब्लु ४९४ दुर्घटना भएको बताएको बाहेक अन्य कुनै पनि विवरण खुलाइएको छैन । सामाजिक सञ्जालमा पोष्ट भएका भिडियो फुटेज र तस्बिरहरुमा सो विमान पूरै डुबेको छ ।