नेप्से परिसूचक ४३ अंकले वृद्धि

काठमाडौँ । सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १६.१४ अंकले ओरालो लागेको थियो। सो दिन कारोबार रकम १ अर्बबाट तल झरेको थियो।

आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १०६५.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ एन्डेक्स ८.०९ अंकले बढेर ३८७ .५२ विन्दुमा अडिएको छ।

२२८ कम्पनीको ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६२ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेष्डो समृद्धि लघुवित्त शीर्षस्‍थानमा रहन सफल भएको छ । सो कम्पनीको १० करोड बढिको सेयर कारोबार गरेको छ ।