ह्यारी कि प्यारी’को प्रदर्शन मिति परिर्वतन

काठमाडौँ । नेपाली फिल्म ‘ह्यारी कि प्यारी’को प्रदर्शन मिति परिर्वतन भएको छ । सो फिल्ममा जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहले मुख्य भुमिका निभाएको छ ।

आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई ध्यानमा राखेर फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको हो ।
निर्माण पक्षले फिल्मको प्रदर्शन मिति कात्तिक २५ बाट सारेर माघ २० पुर्‍याएको हो ।

चिकित्सक भोला रिजालका छोरा डा. कपिल रिजालको निर्माण तथा निर्देशनमा फिल्म बनेको हो । फिल्मको पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरोवीले मिलेर लेखेका हुन् ।

फिल्ममा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन रहनेछ ।

हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय रहेको छ ।