एनआरएनए अध्यक्ष महोम्मदमाथि कारबाहीको माग

काठमाडौं । गैरआवासीय नेपाल सघं कतारका अध्यक्ष मोहम्मत मुक्तदातामाथि एनसीसी कतारको कोशमा रहेको लाखौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । बाग्मती प्रदेश समन्वय परिसद कतारले मुक्तादामाथि कोषको रकममा ठूलो आर्थीक अनियमितता गरेको आरोप लगाएको हो । परिषदले उनीमाथि कारबाहिको माग गर्दे उजुरी गरेको थियो ।

बाग्मति प्रदेश समन्वय परिषद कतारमका अध्यक्ष राजेन्द्र देवकोटाले एनसिसी कतारको कोषमा रहेको रकममा ठूलो आर्थिक अनियमितता गरेको आरोप लगाएपछि उनीमाथि छानबिन गर्ने माग गरिएको छ । श्रमीकहरुको हितको लागि संघको कोषमा रहेको रकममा कम र एनआरएन आईसिसी बाट प्राप्त रकमलाई समेत फर्जी बिल भौचर बनाएर एकलौटी रुपमा भ्रष्टचार गरेको आरोप छ ।

वाग्मती प्रदेश समन्वय परीषद कतारले मुक्तदामाथि कोरोनाको समयमा अक्सिजन प्लाटनको लागी सामाजीक संघ संस्थाहरुबाट उठाएको रकम हालसम्म पनि नेपालमा नपठाई ब्यतिगत प्रयोजनको लागि प्रयोग गरेको उनलाई आरोप लागेको छ ।

मुक्तदाता दशैतिहार लगायत छठ पर्वको शुभकामना आदानप्रधान कार्याक्रममा परीषद कतारका अध्यक्ष राजेन्द्र देवकोटामाथि हातपात समेत गरेको थियो । उक्त हातपात अभियोगमा समेत उनीमाथि कारबाही गर्ने परिषद्को माग छ ।

५० हजार डलरभन्दा बढी रकम नेपालस्थित केन्द्र्र्रीय कार्यालयमा आउनुपर्ने भए पनि हालसम्म एक पैसा पनि नआएको स्रोतको दाबी छ ।