धारिलो हतियार खुकुरी प्रहार गरी एकको हत्या

काठमाडौँ । धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको छ । लिम्बुको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।  लिम्बुको हत्या भएको सुचनाको आधारमा प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।