मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षामा थप निगरानी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी रहेको छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप कडा गरिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै ३ लाख सुरक्षाकर्मीहरु परिचालित गरीएको छ ।

तिन  सुरक्षा निकायका १ लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै १ लाख १५ हजार म्यादी प्रहरी परिचालित गराउने भएका छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जानकारी दिएको छ । 

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको छ ।

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीको भनाइ रहेको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना गर्ने नेपाल प्रहरीको दाबी छ ।

विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित हुने भएको छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ र आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । त्यसमा  केही घटना भएको छ, त्यो कसरी भयो, सुरक्षा कहाँ चुक्यो, त्यसबाट पाठ लिएर अहिलेको सुरक्षा योजना बनाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उहाँले बताएका छन् । ।

 राईले भने हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत हुनुहुन्छ भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।

नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको बताएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले  थप सहज भएको प्रहरीको भनाई छ ।