गोङ्गबुबाट सालको खपटासहित २ पक्राउ

काठमाडौं । गोङ्गबुबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् ।

उनीहरुलाई काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले उनीहरुसँग भएको १० किलो ५ सय ग्राम सालकको खपटा फेला पारेको छ । विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ ।