भूकम्पपछि डोटी गैरागाउँको अवस्था

काठमाडौँ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा ६ जनाको मृत्यु भएको छ ।

भूकम्पबाट आठ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

त्यस्तै पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका दर्जनौँ घर भूकम्पले भत्किएका छन् ।