नेप्से ६.५९ अङ्कले ओरालो

काठमाडौँ । नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ६.५९ अङ्कले ओरालो लागेर १ हजार ८ सय ९७.८६ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १.३३ अङ्कले ओरालो लागेर ३ सय ७३.७१ मा कारोबार भएको छ । कूल २ सय २९ कम्पनीको २७ लाख ४५ हजार १ सय ९ कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब २९ अर्ब ८४ करोड ५ लाख ५४ हजार ४ सय ९१ बराबर रहेको छ । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६ सय ७५ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड एक, ४.५८, पञ्चकन्या माई हाइड्रोपावर २.९३, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक १.५६, लक्ष्मी इक्विटी फण्ड २.२ र युनिलिभर नेपालका लगानीकर्ताले २.०८ प्रतिशतले कमाएका छन् ।